केरा लगाउने खाडलमा ५० ग्राम धुलो विषादी प्रति खाडलमा प्रयोग गर्नुपर्छ |
किरा लागेको बोटलाई १०-१२ ग्राम Furadanका दरले उपचार गर्नुपर्छ | यसको लागि बोटको कापामा वा गुवोमा प्रयोग गरेमा बढी प्रभावकारी हुन्छ |
हुर्किसकेको बोटमा गभारोका प्वालहरु देखिएमा Celphos १ चक्की प्रति बोटका दरले प्वालभित्र राखी हिलो माटोले बन्द गरिदिनुपर्छ | धुँवाउने विष भएकाले अत्यन्त सजगता पूर्वक प्रयोग गर्नुपर्दछ |
Banana Skiper (Erionata thrax thrax)
बारी सरसफाई गर्ने |
किरा लागेको पातलाई बटुलेर नस्ट गर्ने |
BT ०.३-०.६ kg a.i. प्रति हेक्टर प्रयोग गर्ने |
लार्भाल परजीवी कोटेशिया एरियानोटा (Cotesia erionotae) पनि प्रभावकारी छ।
केराको लाही (Banana Aphid)
सुर्तीको झोल :- सुर्तीको एक भाग डाठ र पातलाई ४ भाग पानीमा ५-६ दिनसम्म भिजाई ६ दिनपछि झोललाई छानेर स्प्रयेरमा राखेर बिरुवा मा छर्कने |
१ भाग सिस्नुको डाठ र पातलाई ४ भाग पानीमा ७ दिनसम्म भिजाई ७ दिनपछि झोललाई छानेर स्प्रयेरमा राखेर किरा लागेको बिरुवामा छर्कने | यी दुवै वस्तुको झोल तयार पार्दा आयतनको आधारमा गर्नुपर्दछ, तौलको आधारमा होइन |
Dimethoate 30 EC ६६० मिलिलिटर ५००-१००० लिटर पानीमा प्रति हेक्टर छर्नाले यो किराको नियन्त्रण गर्न सकिन्छ |
पहेंलो टाँसिने पासोलाई बगैंचाको बिभिन्न ठाउँमा राख्नाले पनि यो किराको नियन्त्रण भएको पाईएको छ |
थोप्ले खपटे (ladybird beetle) जस्ता सिकारी किरा लाई बगैंचामा छोडनाले लाही किराको नियन्त्रण गर्न सकिन्छ |
पात तथा कोसमा दाग लगाउने खपटे (Banana leaf and fruit scaring beetle)
बगैंचा सफा राख्ने |
केराको घरिमा केराको हत्तालाई ढाकेको पत्र टिपेर हटाईदिने |
सुर्तीको झोल बनाई प्रयोग गर्न पनि सकिन्छ |
केरामा घरि पसाउन थालेपछि Decis वा Ripcord भन्ने विषादी १ लिटर पानीमा १ मिलिलिटर मिसाएर छर्नुपर्दछ | विषादी छर्दा केराको गुवोमा राम्रोसंग भिज्नेगरी छर्नुपर्दछ |