गोलभेडा, भन्टा र खुर्सानी वर्गका बालीमा लाग्ने रोग
डडुवा रोग (Blight)
- Copper Oxychloride १.५ ग्राम र Mancozeb 75 WP १.५ ग्राम मिलाई जम्मा ३ ग्राम प्रति लिटर पानीमा मिसाएर ७-१० दिनको फरकमा ३-४ पटक बोट भिज्ने गरि छर्ने |
- Chlorothalonil 75 WP १.५ ग्राम वा Propineb Coot WP ३ ग्राम/लिटर वा phenamidon 10% वा Mancozeb 50 WP ३ ग्राम/लिटर पानीमा मिसाई छर्ने |
- Carbendazim 50 WP २ ग्राम/केजीको दरल बिउ उपचार गरेर मात्र बेर्ना राख्ने |
- Mancozeb 75 WP वा Copper oxychloride 50 WP २-३ ग्राम/लिटर पानीका दरले मिसाई छर्ने |
- घुम्ती बाली लगाउने |
टोमाटो मोजाइक भाइरस (Mosaic Virus)
- स्वस्थ बिउ लगाउने |
- रोगी बोट हटाउने |
पात घुम्रिने रोग (Leaf Curl Virus)
- Dimethoate 30 EC १ मिलिलिटर/लिटर पानीका दरले प्रयोग गरि त्यसलाई नियन्त्रण गर्ने |
डडुवा (Phomopsis Blight)
- Carbendazim 50 WP २ ग्राम/किलोको दरले बिउ उपचार गरेर मात्र बेर्ना राख्ने |
- Mancozeb 75 WP वा Copper Oxychloride 50 WP २-३ ग्राम/लिटर पानीका दरले मिसाई छर्ने |
- घुम्ती बाली लगाउने |
ओईलाउने रोग (Wilt)
· प्रभावित बोटहरू हटाएर नष्ट गर्नुपर्दछ।
· कार्बेन्डाजिम (०.१%) माटो भिज्ने गरि हाल्ने |
· क्रप रोटेशन गैर-होस्ट बालीसंग गर्ने जस्तै अन्न बाली ।
बेर्ना कुहिने रोग (Damping off)
· उठेको बीज ओछ्यान प्रयोग गर्नुहोस्।
· राम्रो ड्रेनेजको लागि हलुका, तर लगातार सिंचाई प्रदान गर्नुहोस्।
· कप्पर अक्सीक्लोराइड ०.२% वा Bordeaux मिश्रण १% का साथ माटोमा मिसाउनुहोस् ।
· ट्राईकोडर्मा (४ ग्राम / किलोग्राम बीज) वा Thiram (३ ग्राम / केजी बीज) को बीज उपचार एक मात्र रोकथाम उपाय हो जुन पूर्व उद्भव कुहिने रोग रोक्नको लागि हो।
· ०.२% Metalaxyl स्प्रे गर्नुहोस् बादलयुक्त मौसम भएको समयमा।
भन्टाको थोप्ले रोग (Alternaria Leaf Spot)
· १ प्रतिशत Bordeaux मिश्रण वा २ ग्राम कपर अक्सीक्लोराइड वा २.५ ग्राम Zineb प्रति लिटर पानीको दरले छर्कनाले पातको दागहरू नियन्त्रण गर्दछ।
जरामा गाठो पर्ने रोग (Root Knot Nematode)
· अन्नबालीसंग घुम्ती बाली लगाउने |
· खेतको रोगि बोट उचितसंग नष्ट गर्ने |
· खेतको खनजोत गहिरोसंग गर्ने |
· मुख्य बालीसंग सूर्यमुखी, सयपत्री जस्ता फुलको बोटहरु रोप्ने |
कोत्रे रोग (Anthracnose)
· रोगि बोटको फलबाट बिउ नराख्ने |
· क्याप्टान ५० WP २ ग्राम/केजी बिउको दरले उपचार गर्ने |
· खेत सफा राख्न रोग लागेका पुराना बोटहरु र झारपातहरु बटुलेर जलाउने |
· रोगको लक्षण देखापर्ना साथ Copper Oxychloride 50 WP वा Mancozeb 75 WP ३ ग्राम/लिटर पानीमा मिसाएर ७-७ दिनको फरकमा ३ पटक छर्कने अथवा Chlorothalonil 75 WP २ ग्राम वा Captan 50 WP ३ ग्राम/लिटर पानीमा मिसाएर छर्कने |