रोग व्यवस्थापन – आलु बाली

आलु बालीका रोगहरु

  • डडुवा रोग (Late & Early Blight of Potato)

  • पुरानो बोटका अवशेष, नावो बिरुवा तथा झारपातहरू हटाई खेत सफा राख्ने |
  • रोग निरोधक वा सहन सक्ने जात कस्ती खुमल, लक्ष्मी, जनकदेव, IPY 8 लगाउने |
  • निरोगी तथा उचित तौल र आकारको (२५-४० ग्राम) बिउ छनोट गरि प्रयोग गर्ने |
  • लगाउने समय स्थान र मौसमअनुसार रोग अनुकुल वातावरण छल्न केहि छिटो वा ढिलो गरि मिलाउने |
  • सिफारिस मात्रामा सन्तुलित मलखाद प्रयोग गर्ने |
  • पाकेको गोबर मल १ मेट्रिकटनमा २.५ केजी Trichoderma जैविक विषादी मिसाई प्रति रोपनी प्रयोग गर्ने |
  • अन्नबाली समाबेश गरी बालीचक्र अपनाउने | बालीचक्रमा गोलभेडा, भन्टा, खुर्सानी आदि जस्ता बाली लगाउन हुदैन |
  • रोग देखिनासाथ Copper Oxychloride 50 WP २ग्राम/लिटर वा Mancozeb 75 WP ३ ग्राम प्रति लिटर पानीको दरले पातको दुवैतिर पर्ने गरि छर्ने |
  • धेरै रोग बढेमा Metalaxyl 8% + Mancozeb 64% WP २ ग्राम वा Dimethomorph 50% WP २ ग्राम वा Phenamidon 10% + Mancozeb 50%WP २ग्राम/लिटर पानीको दरले बोट भिज्ने गरि छर्ने |

 

  • ऐजेरु (Wart Disease)

  • रोग अवरोधक जातहरु जस्तै कुफ्रीज्योति, डेजिरे, कार्डिनल, खुमल सेतो-१, खुमल रातो-२, N.P.I-106, जनकदेव आदिको खेति गर्ने |
  • रोगि आलु तथा रोगग्रस्त छेत्रका आलु बीउका रुपमा प्रयोग नगर्ने |
  • रोगग्रस्त आलु दाना तथा बिरुवालाई गहिरो खाल्डोमा पुर्ने वा जलाउने |
  • मकै वा गहुँ बाली समाबेश भएको ५ भन्दा बढीको बालीचक्र अपनाउने |
  • Trichoderma वा Pseudomonas जैविक विषादी पाकेको गोबर मल १ मेट्रिकटनमा २.५ केजी मिसाई प्रति रोपनी प्रयोग गर्ने |

 

  • ओईलाउने वा खैरो पिप चक्के रोग (Brown Rot)

  • रोग लागेको खेतबाट उत्पादित बिउ नरोप्ने |
  • रोगग्रस्त छेत्रमा अन्य बालीसंग घुम्ती बाली लगाउन पर्छ |
  • रोग लागेको बोट वा दाना जम्मा गरि जलाउन पर्छ |
  • एन्टीबोयोटिक Streptomycin sulphate वा Streptocycline १०० ppm(१०० मिलिग्राम/लिटर) मिश्रण बनाएर हाल्ने | १-२पटक मात्र स्प्रे गर्ने |
  • Copper oxychloride २ ग्राम/लिटर पानीको दरले प्रयोग गर्ने |

 

  • दादे रोग (Common Scab)

  • रोग लागेको खेतबाट उत्पादित बिउ नरोप्ने |
  • रोगग्रस्त छेत्रमा अन्य बालीसंग घुम्ती बाली लगाउन पर्छ |
  • रोग लागेको बोट वा दाना जम्मा गरि जलाउन पर्छ |
  • आलु बढ्ने बेलामा माटोको चिस्यान कासम राख्ने |

 

  • आलु बालीका भाइरस रोगहरु (Potato Leaf Roll Virus, Mosaic Virus)

  • भाइरसमुक्त बिउ आलुको प्रयोग गर्ने |
  • बिउ आलु खेति गरेको वरपर पहेलो फुल फुल्ने बिरुवाहरु नलगाउने |
  • सिंगो बिउ आलुको प्रयोग गर्ने |
  • PVS अथवा TPS बिउ आलुको प्रयोग गर्ने |
  • त्यसैगरी पहेलो टाँसिने पासोको(Yellow Sticky Trap) खेतको ठाउठाउमा प्रयोग गर्ने |
  • मित्रजीव जस्तै २ थोप्ले तथा ७ थोप्ले खपटे (Ladybird beetle) किराको संरक्षण गर्ने जसले लाही किराका लार्भाहरु खाइ नियन्त्रणमा सहयोग गर्दछ |
  • लाही किराको नियन्त्रणको लागि Dimethoate 30 EC १ मिलिलिटर/लिटर पानीमा मिसाई पातको सबै भागमा पर्ने गरि छर्न सकिन्छ |
  • झोलमोलको प्रयोग बाली लगाएको सुरुमै गर्नाले लाहिको नियन्त्रण निकै प्रभावकारी भएको छ |
dev