मेवाको रोगहरु
फेद र जरा कुहीने रोग (Foot & Root Rot)
- पानीको राम्रो निकाशको व्यवस्था गर्नुपर्दछ |
- फेदमा Bordeaux Paste लगाइदिने वा बोट नेरको माटो हटाइ १ % कमे-बोर्ड़ो मिश्रण (Lime-Bordeaux Mixture) वा ०.२% Blitox-50 ले जरा/फेद भिजाउने |
फल कुहिने रोग (Fruit Rot )
- यो रोग लागेको बोटमा ५ केजी निलो तुथो, ५ केजी कपडा धुने सोडा ४५० लिटर पानीमा मिलाई प्रति हेक्टर स्प्रे गर्नुपर्छ |
पात गुजमुजिने रोग (Papaya Leaf Curl)
- रोग लागेका बिरुवाहरुलाई उखेल्ने ।
- मेवाको नजिक टमाटर, सुर्तिजन्य बाली नलगाउने ।
- भेक्टर नियन्त्रण गर्न सिस्टेमिक कीटनाशक विषादीको साथ स्प्रे गर्ने |
भुइँकटरका रोगहरु
पात तथा फल कुहिने रोग (Leaf & Fruit Rot)
- यो रोगको लागि ०.३% Dithane Z-78 मा रोप्ने सामग्री डुबाएर वा पातहरूमा छरेर नियन्त्रण गर्न सकिन्छ ।
- तामाको फंगीसाइड अनानासमा प्रयोग गर्नु हुँदैन किनकि त्यसले पातमा डडुवा लाग्छ ।
- रोगग्रस्त बोटबिरुवाहरू नष्ट गर्नुपर्नेछ र प्रसारको लागि छाउराहरु कहिले पनि संक्रमित क्षेत्रबाट जम्मा गर्नु हुँदैन।
हार्ट र क्राउन कुहिने रोग (Heart Rot & Crown Rot)
- रोपणको लागि संक्रमित क्षेत्रबाट सकरहरू लिनुहुदैन ।
- गहिरो रोपण र उठेको बेडको प्रयोग गर्नुहोस्, निकासको सुधार गर्नुहोस्।
- बोर्दो मिश्रण १% वा कपर अक्सीक्लोराइड ०.५५% सकर लगाउन अघि डुभाउनको लागि र माटो भिजाउन प्रयोग गर्नुहोस् ।