तेलहन बालीमा लाग्ने प्रमुख रोग तथा तीनको व्यवस्थापन
तोरी, सर्सिउं र बदामको रोगहरु:
थोप्ले डडुवा (Alternaria blight)
- स्वस्थ बिरुवाबाट उत्पादित बिउ मात्र लगाउने |
- बिउ लगाउदा Captan विषादी प्रति के.जी. २ ग्रामका दरले उपचारित बिउ लगाउने |
- रोगि बिरुवा तुरुन्त हटाउने |
- बाली चक्र अपनाउने |
सेते रोग (White blister)
- रोगी बिरुवा तुरुन्त उखेलेर फाली बढी फैलन बाट बचाउने |
- Captan २ ग्राम प्रति के.जी. बिउका दरले उपचारित बिउ लगाउने |
- बिरुवामा Blitox ५० विषादी २/३ ग्राम प्रति लिटर पानीमा राखेर छर्ने |
शिते ढुशी (Downy Mildew)
- रोगी बिरुवा तुरुन्त उखेलेर फाली बढी फैलन बाट बचाउने |
- Captan २ ग्राम प्रति के.जी. बिउका दरले उपचारित बिउ लगाउने|
- बिरुवामा Blitox ५० विषादी २/३ ग्राम प्रति लिटर पानीमा राखेर छर्ने|
धुले ढुशी (Powdery Mildew)
- सुरु सुरुमा भएमा गाई भैंसीको गहूंत छर्ने|
- बढी प्रभाभित भएमा Calthin २ मिलिलिटर प्रति लिटर पानीमा राखेर छर्ने|
बदामको थोप्ले रोग (Tikka Disease of Groundnut)
- यो रोग ढुशिको जात हेरी उम्रदेखी नै लाग्ने भएकोले यसको उपचार पनि सुरुदेखि नै गर्नु पर्दछ |
- Blitox 50, Dithane M 45 जस्ता विषादी २/३ ग्राम प्रति लिटर पानीमा राखी छर्ने|
- अरु तरिका अन्य रोगरुमा जस्तै गर्ने|
सिन्दुरे रोग (Red stripe rust)
- Vitavax-200 २ ग्राम/केजी बीउका दरले बिउ उपचार गरि छर्ने |
- सिफारिस गरीएअनुसार मलखादको प्रयोग गर्ने र ठिक समयमा गहुँ छर्ने |
- रोग फाटफुट देखिनासाथ Mancozeb 75 WP ३ग्राम्/लिटर पानीका दरले वा Propiconazole 25 EC १ मिलिलिटर/लिटर पानीका दरले मिसाई १५ दिनको फरकमा २-३ पटक बोट भिज्ने गरि छर्ने |
सूर्यमुखीका रोगहरु
डाठ र जरा कुहिने रोग (Root Rot)
- यो रोग बिउ र माटो दुबैबाट सर्ने भएकाले बिउ उपचार गर्ने र घुम्ती बाली लगाएर रोगको प्रकोप घटाउन सकिन्छ|
थोप्ले डडुवा (leaf spot)
- Blitox को ०.१% (१ ग्राम/लिटर पानीमा) घोल बालीमा छर्ने|
सिन्दुरे रोग (Red Stripe Rust)
- सिफारिस गरीएअनुसार मलखादको प्रयोग गर्ने र ठिक समयमा गहुँ छर्ने |
- रोग फाटफुट देखिनासाथ Mancozeb 75 WP ३ग्राम्/लिटर पानीका दरले वा Propiconazole 25 EC १ मिलिलिटर/लिटर पानीका दरले मिसाई १५ दिनको फरकमा २-३ पटक बोट भिज्ने गरि छर्ने |