किवीका रोगहरु
फेद तथा जरा कुहिने रोगहरु
- रोग सहन सक्ने जातका रुटस्टकमा कलमी गरेको बिरुवा प्रयोग गर्ने |
- चिमत्याइलो माटो भएको र पानि जम्ने ठाउमा बिरुवा नलगाउने |
- बगैचामा काटछाट गर्दा जरामा चोटपटक लाग्न नदिने |
- यदि भर्खरै रोग देखिएमा रोगि जरा हटाइ सो ठाउमा बोर्ड़ो पेस्ट लगाउने |
- बिरुवाको तलको ६०-१०० सेमी काण्डको भागमा बर्षको एकपटक बोर्ड़ो पेस्ट लगाउने |
खराने रोग (Powdery Mildew)
- रोगि हागालाई काटछाट गर्ने बेलामा काटेर जलाइदिनुपर्छ |
- दोश्रो पालुवा लगाउने बेलामा Karathane (Dinocap) प्रति १० लिटर पानीमा ५-१० मिलिलिटर मिसाएर छर्ने अथवा Bavistin २ ग्राम/लिटर पानीमा मिसाएर १० दिनको अन्तरालमा २-३ पटक छर्ने |
- Bordeaux paste को लेपले काटिएको सतहमा लेपिदिने |
अनारका रोगहरु
- फलको थोप्ले रोग (Alternaria & Cercospora Fruit Spot)
- सबै प्रभावित फलहरू संकलन र नष्ट गर्नु पर्छ।
- मानकोजेब ०.२५% (२.५ ग्राम/लिटर पानीमा) मिसाई स्प्रे गर्दा प्रभावकारी रोग नियन्त्रण हुन्छ।
पात डडुवा (Leaf Blight)
· रोगी पात, हागा संकलन गरेर नष्ट गर्ने, बगैचामा नियमित काटछाट गर्ने |
· १५ दिनको अन्तरालमा मानकोजेब ०.२५% स्प्रे गर्दा रोगको राम्रो नियन्त्रण हुन्छ।