फुलगोबी समुहका बालीका रोगहरु
अल्टरनेरिया थोप्ले रोग (Aleternaria Leaf Spot)
· खेतबारी सफा राख्न रोग लागेको पातहरु र झारपातहरू बटुलेर जलाउने |
· स्वस्थ बिउ तथा बेर्नाहरु रोप्ने |
· रोगको प्रकोप अत्याधिक भएमा Mancozeb 75 WP २ ग्राम वा carbendazim 50 WP १ ग्राम वा Copper Oxychloride 50 WP ३ ग्राम/लिटर पानीका दरले मिसाई छर्ने |
डाठ कुहिने रोग (Sclerotinia Rot)
· रोग मुक्त चेत्रको बिउ प्रयोग गर्ने |
· रोगि बोटहरुको डाठ बटुलेर जलाउने |
· ३हप्ता देखि १ महिनासम्म रोगग्रस्त खेतमा बाली लगाउनुअघि पानि जमाउने |
· धानसंग घुम्ती बाली लगाउने |
· जमिन तयार गर्दा गहिरोसंग खनजोत गर्ने |
नशा कालो भइ कुहिने (Black Rot)
· रोग नलागेको चेत्रको स्वस्थ बिउ मात्र प्रयोग गर्ने |
· रोगि बोट बिरुवा हटाइ नष्ट गर्ने |
· क्रुसीफेरी परिवार बाहेक अन्य बालीसंग घुम्ती बाली लगाउने |
शिते ढुसी रोग (Downy Mildew)
· बिउलाई Carbendazim 50 WP ले उपचार गरेर मात्र ब्याड राख्ने |
· ब्याड राख्दा धेरै बाक्लो नराख्ने, रोगि पातहरु र झारहरू बटुलेर नाश गर्ने |
· धेरै रोग लागेको खेतमा घुम्ती बाली लगाउने |
· Mancozeb 75 WP वा Copper Oxychloride 50 WP ढुशीनाशक विषादी २-३ ग्राम/लिटर छर्ने |
गदाजस्तो जरा हुने (Club Root)
· घुम्ती बाली लगाउने | ३-४ वर्षमा मात्र फुलगोबी वर्गका तरकारी लगाउने |
· रोगि बोट जलाइदिने वा गाडीदिने |
· यो रोग अम्लिय माटोमा धेरै छिटो फैलिने भएकोले चुन प्रयोग गरि माटोको pH ७.२ भन्दा बढी बनाउने |
· जीवाणुरहित नर्सरीमा बेर्ना हुर्काउने |
· Flusulphmide 0.3 % WP १०-१५ केजी/रोपनी वा ३ ग्राम/बोट | नर्सरी ब्याडमा ३ केजी प्रति १० घन मिटर |
बेर्ना कुहिने रोग (Damping off )
· बिउछर्नु अगाडी तयार नर्सरी ब्याडलाइ पानीले भिजाई २५-३० दिनसम्म हावा नछिर्ने गरि सेतो प्लास्टिकले छोप्नुपर्छ र प्लास्टिक हटाएको ४ दिनपछी मात्र बिउ छर्नुपर्छ |
· उठेको बीज ओछ्यान प्रयोग गर्नुहोस्।
· राम्रो ड्रेनेजको लागि हलुका, तर लगातार सिंचाई प्रदान गर्नुहोस्।
· बेर्ना सार्ने बेलामा सम्पूर्ण बेर्नालाई Carbendazim 50 WP २ ग्राम/लिटर पानीमा बनाएको घोलमा १०-१५ मिनेट जरा डुबाउने र सार्ने |
· कप्पर अक्सीक्लोराइड ०.२% वा Bordeaux मिश्रण १% का साथ माटोमा मिसाउनुहोस् ।
· ट्राईकोडर्मा (४ ग्राम / किलोग्राम बीज) वा Thiram (३ ग्राम / केजी बीज) को बीज उपचार एक मात्र रोकथाम उपाय हो जुन पूर्व उद्भव कुहिने रोग रोक्नको लागि हो।
· ०.२% Metalaxyl स्प्रे गर्नुहोस् बादलयुक्त मौसम भएको समयमा।
टर्निप मोजाइक भाइरस (Turnip Mosaic Virus)
- रोगी बोट देखापर्ना साथ उखेली जलाउने |
- रोग सार्ने लाही किरा नष्ट गर्ने |
- रातो जातको रायोमा यो रोग कम लाग्दछ |
- सेतो सिन्दुरे रोग (White Rust of Crucifer)
· मन्कोजेब ०.२५% (२.५ ग्राम/लिटर पानी) को साथ नियमित स्प्रेले रोग नियन्त्रण गर्दछ ।