सुन्तलाजातमा लाग्ने रोगहरु
धुले ढुसी/खराने रोग (Powdery Mildew)
· थोरै भागमा रोग लाग्नेबितिकै काटेर नष्ट गरेमा रोग फैलिन कम गर्न सकिन्छ |
· बगैचामा उपयुक्त काटछाट गरि सफा र हावा खेल्ने वातावरण बनाउनपर्छ |
· बागैचामा लहरेबाली र मकैजस्ता अग्ला बाली लगाउन हुदैन |
· Karathane (Dinocap) प्रति १० लिटर पानीमा ५-१० मिलिलिटर मिसाएर छर्ने अथवा Bavistin २ ग्राम/लिटर पानीमा मिसाएर छर्ने |· रोगको प्रकोप बढी भएमा १५-३० दिनभित्र दोहोर्याउन पर्दछ
|· हिउंदमा एकपटक र नया पालुवा आयपछी बसन्त ऋतुमा एकपटक ०.५% Bordeaux मिश्रण छरेमा पनि धेरै हदसम्म यो रोगको नियन्त्रण गर्न सकिन्छ |
सिट्रस ग्रीनिंग रोग (Citrus Greening)
· रोगि बोटहरु काटेर जलाउने |
· १००० मिटरभन्दा तल्लो छेत्रमा बिरुवा उत्पादन नगर्ने वा सो छेत्रकोबिरुवा नलगाउने |
· कलमी गर्नको लागि स्वस्थ बिरुवाबाट मात्र सायन लिने |
· यो रोग सिट्रस सिल्ला किराले सार्ने भएकोले उक्त किरा देखापरेमा नियन्त्रण गर्नको लागि Dimethoate 30 EC(Roger) ०.१% (१ मिलिलिटर/लिटर पानीमा) मिसाई चैत्र-बैशाखमा छर्ने |
· रोगग्रस्त अवस्थामा Ledermycin ६०० ppm(६०० मिलिग्राम/लिटर) छर्ने |
सिट्रस क्यांकर (Citrus Canker)
· यो रोग पात खन्ने किराले लाग्ने हुदा यसको नियन्त्रणको लागि ०.२% (२ ग्राम/लिटर पानी) Imidacloprid वा Dimethoate पात भिज्ने गरि छर्ने |
· रोग अवारोधि रुटस्टक जस्तै सात्सुमा र seedless lime प्रयोग गर्ने |
· सुरुवाती अवस्थामा ०.३% Copper Oxychloride वा १.२५% Bordeaux मिश्रण स्प्रे गर्ने |
· रोगग्रस्त भएमा एन्तिबयोटिक्सको प्रयोग गर्न सकिन्छ जसमा ५० ग्राम Streptocycline + २५ ग्राम CuSO4 वा Copper Oxychloride ५०० लिटर पानीमा मिसाई ३ पटक छर्ने(कार्तिक, पौष र फाल्गुनमा) |
सिट्रसको दादे रोग (Citrus Scab)
· असार-साउनमा रोगग्रस्त पातहरु काट्ने |
· Ziram, Carbendazim र Mancozeb जस्ता ढुशीनाशक प्रयोग गर्ने |
· Ziram 27 SC को ०.२५% वा Dithane M-45 को ०.२५% वा Bordeaux मिश्रण वा Copper Oxychloride 50 WP को ०.३% असारको अन्तिम हप्तादेखि 20 दिनको अन्तरालमा ३ पटक स्प्रे गर्ने |
गुद आउने र फेद कुहिने रोग (Gummosis & Foot Rot)
· तिने पाते र ज्यामिरेको मूल वृत कलमी गरिएका बिरुवा लगाउने |
· बिरुवाहरु जमिन सतहबाट १.५ फिट माथि उठाएर लगाउने |
· रुखको फेदमा पानी जम्न नदिई निकाशको राम्रो व्यवस्था मिलाउने |
· गाईबस्तुको मल रुखको फेदमा नराख्ने |
· बिरुवाको फेदको ६०-१०० सेमी माथिसम्म Bordeaux paste नियमित रुपमा लगाउने |
· रोग लागेको ठाउको रोगि बोक्रा धारिलो चक्कुले खुर्केर Bordeaux Paste, Bordeaux Paint वा Chhaupatiya Paste लगाउने |· बोटको वरीपरि १ मिटर छेत्रको माटोमा Bordeaux मिश्रणले माटो भिजाउने |
· Zinc Sulphate, Copper Sulphate र चुन ५:४:१ को अनुपातमा मिलाएर बिरुवा रोप्ने समयमा खाडलमा राखेमा जरा कुहिने रोगबाट बचाउन सकिन्छ |
कुइक डीक्लाइन (Quick Decline)
- तिने पातेको मूल वृत कलमी गरिएका बिरुवा लगाउने |
- यो रोग लाही किराले लाग्ने हुदा यसको नियन्त्रणको लागि १ मिलिलिटर/ ५ लिटर पानीमा Imidacloprid पात भिज्ने गरि छर्ने |
- रोगमुक्त बेर्नाको प्रयोग गर्ने (Meristem Tissue Culture) |