अलैचीका रोग
जरा तथा पाना कुहिने रोग (Clump Rot)
- बिरुवा लगाउनु अगाबै बिरुवालाई ढुशीनाशक विषादीजस्तै Blitox-50 अथवा Benlate २ ग्राम/लिटर पानीमा मिसाई बनाएको झोलमा बेर्ना ५-१० मिनेट चोपेर मात्र रोप्नुपर्छ |
- गोडमेल, बगान सरसफाई गर्दा बिरुवालाई चोटपटक नलगाउने र रोग लागेको बिरुवा देखिएमा निकालि खाल्डोमा पुर्ने |
- पानी जम्न नदिने | केहि गरि रोग देखिएमा Blitox-50 अथवा Benlate २ ग्राम/लिटर पानीमा मिसाई बनाएको झोल वा १% को Bordeaux मिश्रण छर्की उपचार गर्ने |
-
पात कुहिने रोग (Leaf Rot)
- रोग बढ्दै गएमा सुरुको अवस्थामा Bavistin वा Dithane M-45 वा ५% को Bordeaux मिश्रण १२-१५ दिनको फरकमा वर्षा सुरु हुन अगावै आवश्यकता अनुसार छर्ने |
-
फुर्के भाइरस रोग (Stunty Mosaic Virus)
- रोग नलाग्ने, कम लाग्ने वा सहन सक्ने जातहरु मात्र प्रयोग गर्ने |
- बिउबाट तयार पारिएको बिरुवा मात्र लगाउने |
- रोग फैलाउने लाही किरा नियन्त्रण गर्न Roger, Metasystox वा Dimecron आदिको प्रयोग गर्ने (२ मिलिलिटर/लिटर पानीमा) |
- रोग लागेको बगैचाबाट बिरुवा प्रसारणमा रोक लगाउने |
- रोगि बिरुवा झ्यांग आदि निकाली तुरुन्तै जलाइदिने वा गहिरो गरि गाडिदिने |
- रोग ज्यादा लागेमा रोगि बिरुवा पुरै हटाइ १ वर्षसम्म बगान खालि रहन दिई अर्को वर्ष मात्र बिउबाट उमारेको स्वस्थ सारेर बगानको सुरुवात गर्नुपर्छ |
-
छिर्के भाइरस रोग (Streak Mosaic Virus)