सिमि र केराउ बालीका रोगहरु
सिन्दुरे रोग (Rust)
- रोगी बोटका भागहरु, ठुटाहरु अनि झारपातहरु बटुलेर जलाई खेतबारी सफा राख्ने |
- बिउ उत्पादन गर्ने बालीमा भए रोग देखापर्ना साथ् गन्धक र चुन १:२ भागको अनुपातमा मिसाएर मलमलको कपडामा पोको पारेर छर्ने |
- Sulphur 80 WP ३ ग्राम/लिटर पानीमा मिसाएर छर्ने |
धुले ढुशी (Powdery Mildew)
- रोगी बोटहरु बटुलेर जलाउने र खेतबारी सफा राख्ने |
- गन्धक र चुन १:२ भागको अनुपातमा मिसाएर मलमलको कपडामा पोको पारेर छर्ने |
- Dinocap 48 % EC (काराथेन) ०.५ देखि १ मिलिलिटर/लिटर पानीमा मिसाई पातहरु राम्ररी भिज्ने गरि छर्कने |
- Carbendazim 50 WP १ ग्राम/लिटर पानि वा Wettable Sulphur 80% WP २.५ ग्राम/लिटर पानीमा अथवा Thiophanate Methyl 70 WP १.५ ग्राम/लिटर पानीमा मिसाई छर्कने |
कोत्रे रोग (Anthracnose)
- Captan 50 WP २-३ ग्राम/केजी बीउका दरले बिउ उपचार गर्ने |
- रोगको लक्षण देखापर्ना साथ Copper Oxychloride 50 WP वा Mancozeb 75 WP ३ ग्राम/लिटर पानीमा मिसाएर ७-७ दिनको फरकमा ३ पटक छर्कने अथवा Chlorothalonil 75 WP २ ग्राम वा Captan 50 WP ३ ग्राम/लिटर पानीमा मिसाएर छर्कने |
जरा कुहिने रोग(Root Rot) र जाले पात डडुवा (Web Blight)
- बिउ छर्नुअघि Carbendazim २ ग्राम/केजी बिउको दरले बिउ उपचार गर्ने |
- जैविक विषादी Trichoderma २.५ केजी/हेक्टर ५० केजी गोब्रेमलमा मिसाएर बिउ छर्नुअघी प्रयोग गर्ने |
- माटोमा तोरीको पिना २५० ग्राम/वर्ग मिटरमा प्रयोग गर्नुहोस् |
- यदि रोगग्रस्त भएमा Tabuconazole अथवा SAAF @ ०.६ ग्राम/लिटर १०-१५ दिनको अवधिमा २-३ पटक छर्नुहोस |
थोप्ले रोग (Cercospora Leaf Spot, Angular Leaf Spot)
- रोगी बोटहरु बटुलेर जलाउने र खेतबारी सफा राख्ने |
- कोशेबाली बाहेकमा अन्य बालिसंग २-३ वर्षको घुम्तीबाली अपनाउने |
- बिउ छर्नुअघि Carbendazim २ ग्राम/केजी बिउको दरले बिउ उपचार गर्ने |
- रोग लागेको खण्डमा Mancozeb २.५ ग्राम वा Hexaconazole ०.५ ग्राम/लिटर पानीको दरले १०-१४ दिनको अन्तरमा २-३ पटक छर्नुहोस |
- SAAF को २ ग्राम/लिटर पानीमा मिसाई पातमा भिज्ने गरि १५ दिनको अन्तरालमा २-३ पटक छर्नुहोस |
सिमि मोजाइक भाइरस (Common & Golden Mosaic)
- स्वस्थ रोगमुक्त सिफारिस बिउको प्रयोग गर्ने |
- मकैबालीसंग अन्तरबाली लगाउने |
- गोल्डेन मोजाइक भाइरस सेतो झिडाले सार्ने हुदा यसको नियन्त्रणको लागि पहेलो टासीने पासो खेतमा प्रयोग गर्नुहोस् |
- यो किरा नियन्त्रणको लागि Dimethoate 30 EC @ १ मिलिलिटर/लिटर पानीका दरले छर्नुहोस |