रोग व्यवस्थापन – गहुँ बाली

गहुँका रोग र व्यवस्थापन

गहुँबालीमा लाग्ने मुख्य रोगहरु

डडुवा रोग (Leaf blight)

  • Vitavax 200,२ ग्राम/केजी बीउका दरले उपचार गर्ने |
  • पोटास मलको प्रयोग गर्ने |
  • रोग अवरोधक जातहरु लगाउने जस्तै त्रिवेणी, BL-1473, अच्युत, NL-971, आदित्य, गौतम र बिजय आदिमा यो रोग कम लागेको पाइएको छ |
  • रोगि ठुटा र बिरुवा बाली काटिसकेपछी जम्मा गरेर जलाउने |
  • प्रांगारिक मलको प्रसस्त प्रयोग गरि गहुँ लगाउने तथा मलिलो जगमा मात्र गहुँ लगाउने |
  • Carboxin 37.5%, Thiram 37.5% WP नामक विषादी २ग्राम/केजी बीउका दरले उपचार गरि छर्ने |
  • बाक्लो गरि बिउ नछर्ने, सिफारिस मात्रामा मात्र बिउ प्रयोग गर्ने, सिचाइको प्रबन्ध राम्रोसंग गर्ने |
  • सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग गर्ने, पोटास मल अनिवार्य रुपमा प्रयोग गर्ने |
  • रोग फाटफुट देखिना साथ् Propiconazole 25 EC १मिलिलिटर/लिटर पानीका दरले मिसाई २ हप्ताको फरकमा ३ पटक बोट भिज्ने गरि प्रयोग गर्ने |

 

खैरो सिन्धुरे (Brown Rust of Wheat)

  • रोग अवरोधक वा रोग कम लाग्ने जातजस्तै BL-1473, अच्युत, भृकुटी, गौतम र बिजय लगाउने |
  • सिफारिस गरीएअनुसार मलखादको प्रयोग गर्ने र ठिक समयमा गहुँ छर्ने |
  • रोग फाटफुट देखिनासाथ Mancozeb 75 WP ३ग्राम्/लिटर पानीका दरले वा Propiconazole 25 EC १ मिलिलिटर/लिटर पानीका दरले मिसाई १५ दिनको फरकमा २-३ पटक बोट भिज्ने गरि छर्ने |

 

पहेलो सिन्दुरे रोग ( Yellow Rust)

  • रोग अवरोधक वा रोग कम लाग्ने जातजस्तै WK-1204, पासांग ल्हामु र गौतम प्रयोग गर्ने |
  • सन्तुलित मलखादको प्रयोग गर्ने, ठिक समयमा गहुँ छर्ने,कार्तिक १५ देखि माघ १५सम्म छर्ने |
  • रोग फाटफट देखिनासाथ Propiconazole 25 EC १ मिलिलिटर/लिटर पानीका दरले मिसाई १५ दिनको फरकमा २-३ पटक बोट भिज्ने गरि छर्ने |

 

कालो पोके (Loose Smut)

  • Vitavax-200 २ ग्राम वा Tebuconazole 2% १ ग्राम/केजी गहुँको बीउका दरले बिउ उपचार गर्ने |
  • रोग अवरोधक जात अन्नपुर्ण ४ लगाउने |
  • रोग अवरोधक वा रोग कम लाग्ने जातजस्तै WK-1204, पासांग ल्हामु, WK-1182, BL-3235, BL-3503, अच्युत, रोहिणी, भृकुटी, BL-1473 र विजय प्रयोग गर्ने |
  • गहुँ सकेसम्म मंगसिरको १५ गतेसम्म तराइ छेत्रमा छरिसकने |
  • रासायनिक मल नाइट्रोजन, फस्फोरस र पोटास तत्वहरु सन्तुलित मात्रामा प्रयोग गर्ने |
  • आवश्यकताभन्दा बढी सिंचाई नगर्ने |

 

गन्हाउने कालो पोके (Stinking Smut)

  • २-३ वर्षसम्म घुम्ती बाली लगाउने वा गहुनै नलगाउने |
  • Vitavax-200 २ ग्राम/किलो गहुँको बीउका दरले उपचार गरि छर्ने |
  • स्वस्थ बिउको प्रयोग गर्ने |
dev