
रोग व्यवस्थापन – मकै बाली
मकै बालीका मुख्य रोगहरु
पातमा लाग्ने डडुवा रोग (Leaf Blight of Maize)
- स्वस्थ बिउ मात्र प्रयोग गर्ने |
- रोग अवरोधक जातहरु मनकामना ३, गणेश-१,२, लगाउने |
- Carbendazim 50 WP(Bavistin) २ग्राम/किलो बीउका दरले उपचार गरि रोप्ने |
मकैको ध्वासे रोग (Grey Leaf Spot)
- रोग अवारोधि वा रोग सहन सक्ने जातहरु जस्तै गणेश १, मनकामना १, हिलपुल पहेलो र देउती जातका मकै लगाउने |
- मकै छिटो रोप्ने, पातलो रोप्ने र घुम्ती बाली (Crop Rotation) अपनाउने |
- रोगि बोटका अवशेष जलाउने र रोगको लक्ष्यण देखिना साथ पात हटाउने |
- सन्तुलित र सिफारिस मात्रामा रासायनिक मलको प्रयोग गर्ने |
- Carbendazim 50 WP १ग्राम वा Mancozeb 75 WP ३ग्राम/लिटर पानीका दरले रोग देखापर्ने समयभन्दा केहि दिन अघि छर्ने |
मकैको शिते ढुशी रोग (Downy Mildew Disease)
- रोग अवरोधक वा रोग कम लाग्ने जात लगाउनेजस्तै रामपुर २, रामपुर कम्पोजिट |
- स्वस्थ बिउ मात्र प्रयोग गर्ने |
- मकै बाक्लो गरि नछर्ने तथा सिफारिस मात्रामा सन्तुलित रुपले मलखादको प्रयोग गर्ने |
- रोगको प्रकोप अत्याधिक भएमा Mancozeb 75 WP ३ग्राम्/लिटर वा Metalaxyl 8%, Mancozeb 64% भएको ढुशीनाशक विषादी २ ग्राम/लिटर पानीमा मिसाई छर्ने |
मकैको कालो पोके रोग (Head Smut)
- स्वस्थ बिउ मात्र प्रयोग गर्ने |
- बारीमा कालो पोके रोग देख्ने बितिकै जम्मा गरेर नस्ट गर्ने |
- धेरै रोग आउने छेत्रमा Carbendazim 50 WP २ ग्राम/केजी बिउको दरले उपचार गरि रोप्ने |
मकैको घोगा कुहिने रोग (Cob/Ear Rot of Maize)
- रोग अवरोधक जात जस्तै गणेश २, मनकामना १ लगाउने |
- स्वस्थ घोगा छनोट गरि बिउ राख्ने |
- Carbendazim 50 WP २ ग्राम/केजी बिउको दरले उपचार गरि रोप्ने |
- रोगको प्रकोप अत्यधिक हुने छेत्रमा Mancozeb 75 WP ३ग्राम/लिटर पानीका दरले घोगा लाग्ने बेलामा छर्ने |
मकैको डाठ कुहिने रोग (Bacterial Stalk Rot)
- सिफारिस मात्रामा सन्तुलित रुपमा मलखादको प्रयोग गर्ने |
- नाइट्रोजन मात्र बेसी नराख्ने |
- मकै बाक्लो गरि नछर्ने, पानी जम्न नदिने, निकाशको राम्रो प्रबन्ध गर्ने |
- रोगको जीवाणु गभारोबाट सर्ने हुदा गभारो नियन्त्रण गर्न Malathion 50 WP प्रयोग गर्ने |