रासायनिक बिषादीको मिल्दोपना(Compatibility) र अमिल्दोपना (Incompatibility): अमन मेहता

लेखक:अमन मेहता
कृषि तथा वनविज्ञान विश्वबिद्यालय

परिचय:

हाम्रो समाजमा एकैपल्ट दुई तीन थरिका विषादी मिसाएर वालीनालीमा प्रयोग गर्न चलनचल्ती देखिदै आएको छ । यसरी विषादीलाई जथाभावी मिसावट गरी बालीनालीमा प्रयोग गर्न विधि खतरनाक सावित हुन सक्छ ।  विषादीहरु अत्यन्तै शक्तिशाली रसायन र आगो सल्किने खालका रसायनहरुबाट बनेको बनेको हुदा जथाभावी मिसावटले आगो लाग्ने वा विस्फोट हुने सम्भावना हुन्छ।

Advertisements

त्यसैगरी विषादीलाई एक आपसमा मिसाउँदा रसायनिक प्रतिक्रिया भई विषादी कामै नलाग्ने वा बालीको लागि विषाक्त पनि हुन सक्छ। दुई वा दुई भन्दा बढी झोल विषादीहरु एउटै स्प्रे ट्याङ्कीमा मिसाउंदा वा धुवाहरु एउटै डस्टरमा मिसाउदा ती विषादीहरुको मिश्रण राम्ररी नघोलिने वा मिसाइएका दुई विषादीकोप बीचमा रासायनिक प्रतिक्रीया भई बोटबिरुवाहरुमा नराम्रो असर पर्न सक्ने सम्भावना हुन्छ । यसको अर्थ होइन कि कुनै पनि  विषादी एकआपसमा मिसाउन सकिदैन ।

 केही विषादीलाई एक अकासंग मिसाउन सकिने भए तापनि कुन विषादीलाई कुन विषादीसंग मिसाउने भन्ने कुरा किसानस्तरमा थाहा पाउन निकै मुस्किल भएकोले विषादीहरुलाई एक आपसमा किसानले नमिसायेकै ठिक हुन्छ ।

यसरी दुई वा दुईभन्दा बढी विषादीहरु मिसाउंदा एकले अर्काको प्रभावकारितामा कुनै असर नगर्ने वा बालीनालीमा पनि हानी नोक्सानी नपुर्याउने अवस्थालाई विषादीको मिल्दोपना भनिन्छ भने बनाइएको मिश्रणमा विषादीको प्रभावकारितामा हास आउने वा उक्त मिश्रणले बालीनालीमा हानी नोक्सानी पुर्याउने अवस्थालाई विषादीको अमिल्दोपना भनिन्छ ।

त्यसैगरी प्रयोग गरिएको रसायन निस्किय भई रोग किरा नियन्त्रणमा प्रभावकारिता नहुनु वा विषाक्ता (Phytotoxicity) हनुलाई पनि अमिल्दीपना नै भनिन्छ। विषादिको अमिल्दीपना वा असङ्गति हुने कारणहरुमा एक आपसमा मिसाउने रासायनिक पदार्थको रासायनिक बनोट र टयाडकीमा भने पानीको गुणस्तर जिम्मेवार हुन्छन् । यसरी बिषादीहरु मिसाउँदा समय कामदार को बचत भएपनि यसले मिश्रित विषादीको प्रभावकारितामा असर पुर्याउदछ। धरैजसो विषादीको मा उक्त बिषादी कुन कुन विषादीसंग मिसाउन सकिन्छ भन्ने कुरा  लेखिएको हुन्छ ।

अझ कुनैमा त विषादी मिसाउने तरिका पनि दिइएको हुन्छ । साधारणतया दुई भिन्न फर्मलेशन भएको विषादी जस्तै Wettable Powder Emulsifiable Concentrates मिसाउनु खतरनाक मानिन्छ । अमिन्दीपना भएको मिति विषादी पातमा जम्मा हुने गई पातको बाहिरी पत्र Cuticle Layer मा क्षति पुयाई वोटविरुवाको प्रतिरक्षात्मक क्षमता नाश भई मर्न गर्दछन् ।

 अमिल्दोपनाका किसिम:

१) रासायनिक अमिल्दोपना:

  मिसाइएको विषादीहरुमा भएका रासायनिक तत्व एक अर्कासंग प्रतिक्रिया गरी नया बनाउदछ ।

 जसले गर्दा बोटबिरुवाहरुमा नाकारात्मक असर पर्ने वा मानव स्वास्थ्यको लागि घातक पनि हुन ।

 रासायनिक अमिल्दोपनाको कारणले मिश्रित घोलको र परिवर्तन हुने घोलको पि एच घटने वा बढने, बनाइएको घोल ग्यासमा रुपान्तरण हुने वा मिश्रित घोलको तापक्रम र विस्फोट हुने जस्ता असरहरु हुन सक्छन्।

(२) जैविक अमिल्दोपना

  मिसाइएको विषादी विषाक्त भई वोटबिरुवामा Phytotoxic लक्षण देखाउदछ तर छुट्टाछुट्टै स्प्रे गर्दा बोटबिरुवाको सामान्य अवस्था देखिने हुन्छ । त्यसैगरी एउटा विद्यादीले अर्को विषादीको असरलाई न्यूनीकरण गरी विषादिको प्रभावकारितामा ह्रास ल्याउन सक्दछ।

३) भौतिक अमिल्दोपना 

यसमा विषादीको भौतिक स्वरूप नै परिवर्तन हुन जान्छ जसले गर्दा स्प्रे गर्न  नमिल्ने या विष्फोट हुने सम्भावना हुन्छ। भौतिक अमिल्दोपनाको कारण विषादी Paste मा परिवर्तन भई विषादीको लेयर -छुट्टिने हुन्छ। विषादीकोअघोलित मिश्रणले स्पेयरको Nozzle लाई जाम पनि गर्न सक्छ। विषादीलाइ मिसाउने तरिका थाहा नभएमा तेलजन्य मलमा विषादीलाई मिसाएमा  वा कडा पानीमा पि एच ७ भन्दा माथि विषादीलाई मिसाएमा भौतिक अमिल्दोपना हुन सक्छ ।

अमिल्दो विषादीको मिश्रणबाट पर्ने केही नाकारात्मक असरहरू:

  • लक्षित गरिएका बोटविरुवा भन्दा पनि लक्षित नगरीएका बोटबिरुवाहरुमा यसको असर बढी देखिन सक्छ ।
  • पहिले समस्याको रुपमा नदेखिने रोग तथा किराहरु पनि खेतबारीमा समस्या भएर आउन सक्छ ।
  • विषादीको घोल ट्याइकीमा जम्ने, थिग्रिने वा अडकिने सम्भावना हुनाले स्पेयरको नोजल बन्द हुन सक्छ।
  • विश्वामा विषाक्ता (Phytotoxicity) उत्पन्न भई बोटबिरुवा मर्ने सम्भावना हुन्छ ।
  • बोटबिरुवाको उचाईमा कमि आउने तथा बीउकोउमारशक्तिमा ह्रास आउने हुन्छ।
  • अमिल्दो विषादीको अवशेष बोटबिरुवामा अधिक मात्रामा रहने भएकोले माटो तथा मानव स्वास्थ्यको लागि हानिकारक सावित हुन सक्छ।
  • विषादीलाई मिसाएर प्रयोग गर्दा एकले अर्काको प्रभावकारीतामा ह्रास ल्याउन सक्छ ।

विषादी मिसाउँदा ध्यान दिनुपर्ने:

 दानादार फर्मुलेसन(Granules) भएको विषादीलाई झोलविषादीसँग मिसाउनु हुँदैन । दुबै दुधिलोसार (Emulsifiable Concentrates) समूहको विषादी एकै ट्याट्कीमा मिसाउनु हुँदैन । यसले विरुवालाई विषाक्त Phytotoxic) बनाउने वा छरेको ठाउबाट विषादी नअडिएर बगेर जाने हुन सक्छ।यसैगरी धुलोसार विषादी (Wettable Powder) एक ट्याकीमा मिसाउँदा बिरुवालाई नराम्रो असर हुन सक्छ। जस्तै बेनोमिल म्यानकोजेब एकैपटक मिसाएर छरेमा पातहरुमा अवशेष रहन जान्छ । दुधिलोसार EC र धुलोसार WP मिसाएर छर्दा Phytotoxicity हुन सक्छ ।

 क्षारिय प्रकृतिका विषादीलाई अम्लिय प्रकृतिका विषादी संग कहिल्यै मिसाउनु हुँदैन । क्षारीय पदार्थ अत्यधिक हुने जस्तै कागति, निलो तथों,लाईम सल्फर र बोडों मिक्चरलाई अनोफसफेट र फाबामेट बिषादीसंग मिसाउनु हुँदैन । यसरी मिसाइएमा यसको प्रभावकारिता नाश भएर जान्छ । धनात्मक चार्ज हुने र ऋणात्मक चार्ज हुने दुईवटा Surfactant बिषादीलाई एकै साथ मिसाउनु हुँदैन ।झारनाशक विषादी MCPA प्रयाग गरे पर 24 D Dinosab झारनाशक विषादीको प्रयोग गर्नु हुँदैन प्रयोग गरेमा बिरुवालाई हानि नोक्सानी पुर्याउन सक्छ ।

अत्यधिक तेलको मात्रा बोटबिरुवामा छिर्न  सक्ने सम्भावना हुनाले काप्तानसंग तेलजन्य बिषादी मिसाउनु हुदैन   भारनाशक विषादीलाई अन्य विषादीसँग मिसाएरकिराको संख्या बोटबिरुवामा आर्थिक स्तर (ETL) भन्दा माथि गएमा मात्र किटनाशक रस विषादी एकै साथ मिसाएर छर्नु  पर्दछ।

मिसाउन नहुने विषादीहरु :

  1. क्याप्टन र तेलजन्य विषादी एक पछी अर्को गरी ३० दिन भित्र नछर्ने
  2.  बेनोमिलर कपरसंग क्षारीय प्रकृतिका विषादी नमिसाउने
  3. मेटासिस्टकसलाई लाइम सल्फर वोर्डक्रस मिक्सचर नमिसाउने र कल्पेन र सेभिन क्षारीय विषादीसंग नमिसाउने
  4. डाइमेथोएट र क्याप्टन विपादीलाई तेलजन्य विषादीसंग नमिसाउने।
  5. काबारिल छरेको १४ दिन भित्र प्रोपानिल विषादी छरेमा धानको बोटमा विषाक्ता उत्पन्न भई बोट मर्न सक्ने हुनाले कार्बारिल छरेका दुई हप्तापछि मात्र प्रोपानिल विषादी छर्ने 

बिषादि मिसावटको प्रतिक्रिया

बिषादी मिसावटको प्रतिक्रियालाई तीन भागमा बाड्न सकिन्छ

 १) एडिटिम (Additive)

 दुई विषादीलाई मिलाउंदा निश्चित घोलको प्रभावकारितामा कुनै असर पर्दैन । मिश्रित दुबै विषादीको असर नघट्ने वा नबढ्ने हुन्छ। यसले कामदार सङ्ख्याको बचत गर्नुको साथै बिरुवामा साकारात्मक असर देखिन्छ ।

 २) एन्टागोनिज्म (Antagonism): मिसाइएका बिषादीहरु मध्ये कुनै एक विषादीको किटनाशक गुणमा ह्रास  भई विषादीको प्रभावकारिता घटेर जान्छ ।

३) स्यानरजिज्म (Synergism):

 यस्तो अवस्थामा विषादीलाई छुट्टा छुट्टै प्रयोग गर्नु भन्दा मिसाइएको अवस्थामा किटनाशक गुण बढी हुने हुन्छ । यसरी बढी प्रभावकारीले बिरुवा विषाक्त भई क्षति हुन सक्छ।

नोट:

विषादीको डब्बामा मिसाउन नभनिएको विषादी वा अन्य कुनै पदार्थ उक्त विषादीसंग मिसाउनुलाई कानुन विपरीत मानिएको छ।

ज्यादै बिषालु वर्ग (जस्तै रातो) बिषादीलाई कम बिषालु वर्गको (जस्तै हरियो) बिषादीसंग मिसाउदा मिश्रित विषादीको घोललाई  ज्यादै विशाल बर्गको (रातो) रुपमा लिनु पर्छ र त्यसैअनुसार पहिरन तथा सावधानी अपनाउनु पर्दछविषादीलाई मिसाइसकेपछि सकेसम्म चाडै बोटबिरुवामा  छरिहाल्नु पर्दछ । लामो समयसम्म भण्डारण गरेको मिश्रित घोलमा किटनाशक गुण ह्रास  हुँदै जाने हुन्छ ।

Comment on "रासायनिक बिषादीको मिल्दोपना(Compatibility) र अमिल्दोपना (Incompatibility): अमन मेहता"

  1. शौरभ शर्मा

    जानकारी मुलक सामग्री!

Leave comment

dev