इजराइल: कृषि क्रान्तिको देश आज रगतको क्रान्ति गर्दै

कस्तो देश हो इजराइल ? 

तपाई हामीले सुन्दै र देख्दै आएको कुरा इजराइल विश्वमै कृषिमा क्रान्ति गरेको देश हो जसले आज दुनियालाई चकित पार्ने कृषि प्रविधि विकास गरि कृषिजन्य उत्पादनमा अग्रपङ्क्तिमा रहेको छ | विशेष गरि मरुभूमिको देश भनेर समेत चिनेने इजराइल जहाँ खाने पानीको समेत अभाब भएको अवस्थामा नवीतम कृषि प्रविधि थोपा सिंचाई (Drip Irrigation) को सहायताले न्युन पानीको प्रयोग गरि पर्याप्त उत्पादन गर्दै आएको छ |

इजराइल त्यस्तो देश हो जसले लवण (Salt) युक्त समुन्द्रको पानीलाई शुद्धीकरणको माध्यमबाट पिउन योग्य र घरायसी प्रयोगपछी निस्केको पानीलाई फेरी शुद्धिकरण गरेर कृषि जन्य बालीको सिंचाईको लागि प्रयोग गर्दछ | कृषिको सिचाईमा प्रयोग गरिएको पानीलाई समेत विभिन्न जैविक उपचार गरि फलफुल बगैचामा थोपा सिचाई मार्फत सिचाई गरेको पाइन्छ | इजराइलले आफुलाई आवश्यक पर्ने कृषिजन्य उपजको लगभग सबैजसो घरेलु उत्पादनबात परिपूर्ति गर्दछ |

Advertisements

कृषि तथा ग्रामिण बिकास मन्त्रालय, इजराइलको प्रतिवेदन (सन् २००६) अनुसार इजराइलमा ५ मिलियन टन खाद्यबालीको उत्पादन, १.१५ बिलियन लिटर दुध, १.६ बिलियन अण्डा साथै १.२ बिलियन पुष्प निर्यात गर्दछ जुन अहिले अझै बढेको अनुमान गर्न सकिन्छ | इजराइलमा जम्मा ३ लाख ७७ हजार ३ सय हेक्टर जमिन खेति योग्य छ जसमध्ये ७८% मा कृषि गरिन्छ | नेपालको हकमा २१ लाख हेक्टर रहेको छ जुन इजराइलको तुलनामा ७ गुणा बढी हो र पनि हामी इजराइल बाट थुप्रै कृषि जन्य उपज आयात गर्छौ |

इजराइल प्यालेस्टाइन बीचको युद्द सन् १९२० देखि इजराइली र अरबीहरुबीच प्यालेस्टाइनमा अन्तरसम्बन्धित हिंसाबाट आएको हो जुन १९४७-४८ को धर्मसम्बन्धि गृह युद्दमा उत्कर्षमा पुगेको थियो | त्यस यता विभिन्न तवरमा युद्द हुदै आएको छ | इजराइलमा रहेका यहुदी र प्यालेस्टाइनमा रहेका अरवीहरुबीचको द्वन्दका कारण अहिलेको यो परिस्थिति सिर्जना भएको अन्तरास्ट्रिय खबरबाट देख्न सकिन्छ |

रमदानको अवसरमा दमास्कस को गेटमा जेरुसलेमका बासिन्दालाई इजराइलि अधिकारीले जम्मा हुन प्रतिबन्ध लगाएपछि विवाद उत्कर्षमा पुगेको हो | यो संगसंगै प्यालेस्टाइनीले बिरोध गर्न थाले र त्यसको प्रतिकारमा यहुदीहरुले पनि बिरोध गर्न थालेपछि गाजाका लडाकु समुहले दर्जनौ रकेटहरु इजराइलमा प्रहार गरेका थिए |

यसरी अहिलेको युद्द सुरु भएको मानिन्छ |

यो भिडियो हेर्नुभयो ?


 

यो दृश्य हेरेर प्राथना बाहेक हामी केहि गर्न सक्दैनौ | हरित क्रान्ति गरेरा विश्व समुदायलाई खुवाउने इजराइल आज रगतको क्रान्तिमा होमिदा दुख लाग्छ | हाम्रो गुनासो यस्तो माहामारीको समयमा धर्म र वर्गका नाममा यस्तै युद्द गर्ने भो भने मानव सभ्यता समाप्त हुन धेरै समय लाग्दैन | कृपया शान्तिको कामना गरौ |

जय कृषि, जय पृथिवी |

हाम्रो मोबाइल एप डाउनलोड गर्नुहोस

डाउनलोड लिंक यहा थिच्नुहोस |

Share

Leave comment

dev