नेपाली कृषि अर्थव्यवस्थाको अविभाज्य अंग हो र नेपाली जनता जीवन निर्वाहको लागि कृषिमा समर्पित छन् | एग्रीटेक नेपाल नेपाली कृषक र कृषि विद्यार्थीलाइ जसले उत्पादन, सेवा र अनुसन्धानको एक हिस्साको रुपमा कृषिलाई बुझेका छन्; तिनै कृषक र विद्यार्थीलाई सशक्तिकरण गर्ने उपयोगी साधन हो | एग्रीटेक नेपाल मात्र केहि सुविधाहरु भएको उपकरण नभई पूर्ण कृषि प्याकेज हो जसमा नेपाली कृषि र विशेष गरि देशको कृषि र पशुपालन उत्पादनका लागि सबै भन्दा राम्रो व्यवस्थापनसंग सम्बन्धि धेरैजसो पहिचान गरिएका समस्याहरुको समाधान समाबेश गरिएको साधान हो | नेपाल सरकारले कृषिमा क्रान्ति, आधुनिकिकरण र व्यवसायीकरण गर्ने र नेपाललाई आत्मनिर्भर राष्ट्र बनाउने लक्ष्य राखेको छ | तसर्थ सोहि लक्ष्य प्राप्तिमा टेवा पुर्याउन “कृषक जोड्दै; कृषि क्रान्ति” नारा बोकेर एग्रीटेक नेपाल बिकास भएको हो |