सरकारले सार्वजिक गर्यो माटोको डिजिटल नक्सा; अब घरबाटै माटो परिक्षण सम्भब |

दक्षिण एसियाकै पहिको डिजिटल नक्सा सार्वजनिक

२०७७ फाल्गुन १२ गते |

काठमान्डौ नेपाल 

नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषदको अथक प्रयास तथा अमेरिकी कृषि सहयोग (USAID)को सहयोगमा अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (CIMMYT) द्वारा संचालन नेपाल बिउ तथा मल परियोजनाले लिएको नेपालका विभिन्न स्ठानीय तहको प्रतिनिधित्व हुने गरि ठाउ विशेषका कुल २३,२७३ (तेइस हजार दुई सय त्रिहत्तर) माटोको नमुना लिएर यो प्रणाली विकास गरिएको हो |

कुनै समय थियो कृषकले आफ्नो खेतबारीको माटो नै परिक्षण गरि बाली लगाउने गर्थे | आजभोली अलि अग्रज कृषकले आफ्नो खेतबारीको माटो परिक्षण प्रयोगशालाबाट प्ररिक्षण गरि सिफारिस मलको मात्रा कृषि चुनको प्रयोग गर्दै आएका छन् |

यो डिजिटल नक्साले नेपालका सबै स्थानीय तहको माटोको प्रतिनिधित्व गर्ने हुँदा हरेक कृषकले आफ्नो ठाउको माटोको  र तत्वको अवस्था थाहा पाउन अब प्रयोगशाला धाइरहनुपर्दैन | Satellite को माध्यम बाट प्राप्त सूचनाका आधारमा कृषकले आफ्नो मोबाइल तथा कम्प्युटरको प्रयोग गरेर थाहा पाउन सक्ने भएका छन् | यो सम्पूर्ण कृषक, कृषि विद्यार्थी, कृषि विज्ञ  तथा अनुसन्धानकर्ताको लागि नया आयाम साबित हुनेछ |

सम्माननीय  प्रधानमन्त्री केपी शर्मा ओली साथै कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय पद्दमा अर्यालद्वारा आज एक  कार्यक्रमका बीच सार्वजनिक गरिएको यो डिजिटल प्रणाली दक्षिण एसियाकै पहिलो नेपालमा विकास भएको समेत जानकारी भएको छ | उक्त कार्यक्रममा नार्कका वैज्ञानिकहरु प्रबन्धक लगायत कृषि छेत्रसंग सरोकार राख्ने विज्ञको बाक्लो उपस्तिथी थियो |

यो नक्साले पुर्याउने सुविधा के के हुन् ?

१.  माटोको प्रकार तथा अम्लिया पन थाहा पाउन सकिने |

२. माटोमा प्रांगारिक मलको मात्रा थाहा पाउन सकिने |

३. माटोमा प्राथामिक तत्व नाइट्रोजन, फस्फोरस, पोटासियमको मात्रा थाहा पाउन सकिने |

४. सुक्ष्म तत्वमध्ये जिंक र बोरनको मात्रा थाहा पाउन सकिने |

यो नक्साको सुचनाको आधारमा कुन ठाउको लागि कुन मल कति मात्रामा सिफारिस गर्ने भन्ने जानकारी मिल्ने छ | समग्रमा माटो व्यवस्थापन सम्बन्धि नीतिगत निर्णय तथा कार्यक्रमको लागि यो नक्शा कोशेढुंगा साबित हुनेछ | अब छिटै प्रदेश कृषि मन्त्रालयसंग समन्वय गरि कृषि ग्यान केन्द्र हुदै स्थानीय कृषि साखासम्म यसलाई छिटै पुर्याउने तयारि गरिएको छ |

श्रोत: देखापढ़ी:

थप जानकारीको लागि कमेन्ट गर्नुहोला साथै वृस्तृत जानकारी फेरी लिएर आउनेछौ |

एग्रीटेक नेपाल परिवार ( AgritechNepal Team)

 

Tags
Share

Leave comment

dev