माटोको नमुना संकलन किन र कसरी गर्ने ? जानीराखौ निर्मल ओझाको लेख |

लेखकको नाम: निर्मल ओझा

कृषि सहायक प्रशिक्षक

श्री मोती माध्यमिक विद्यालय

परिचय:

माटो नमुना संकलन किन गर्ने, के को लागि गर्ने, कसरी गर्ने र संकलन गरीसकेपछि के गर्ने आदि प्रश्न आउने गर्छ ।
सर्व प्रथम माटो नमुना संकलन किन गर्ने भन्ने प्रश्न आउदा माटोको स्वास्थपन परीक्षणकाm लागि भन्ने बुझ्नु पर्छ । माटो जाँच गरेपछि विरुवालाई चाहिंने खाद्य तत्व, उर्वरा शक्तिको वारेमा थाहा पाउन सकिन्छ ।

माटो परीक्षण किन आवश्यक ?

माटो प्रकृतिको एक अभिन्न अंग हो । पृथ्वीमा भएका सम्पुर्ण विरुवा तथा जीवहरु जीवनयापनका लागि माटो मै आश्रीत छन् । अझै हाम्रो जस्तो कृषि प्रधान देशका किसानका लागि आफुले वालि लगाउने खेतको माटोको अवस्थाका वारेमा जान्नु अति महत्वपुर्ण हुन्छ । वालि लगाउनु अघि सबै कुराको जानकारी नलिइकन वालि लगाएमा आफुले चाहेको जस्तो आम्दानी लिन नसकिने अवस्था आउन सक्छ । माटो परीक्षणको आवश्यकतालाई वुदागत रुपमा तल उल्लेख गरिएको छ ।
 माटोको उर्वराशक्ति पत्ता लगाउन ।
 माटोको अम्लिय, क्षारिय, तटस्थको अवस्था थाहा पाउन ।
 सन्तुलित मात्रामा मल खाद प्रयोग गर्न ।
 माटो सुहाउदो खेतीपाती लगाउन ।
माटो नमुना लिने समय ः एउटा वालि पाकेर खेतवाट निकालिसके पछि अर्काे वालि लगाउनु भन्दा १ महिना भित्र माटोको नमुना लिनु पर्छ ।
माटोको नमुना लिन सकिने औजार ः माटो झिक्ने अगर, खुर्पी, कोदाली, वाल्टीन र नमुना संकलन गर्ने झोला ।

माटोको नमुना कसरी लिने ?

माटोको नमुना आफ्नो उद्देश्य अनुसार लिनु पर्छ । यदि अन्नवालि, तरकारी वालि, दलहन वालि, तेलहन वालिका लागि हो भने ६ देखि १० इन्च गहिराई सम्मको माटोको नमुना लिनु पर्छ भने फलफुल वगैंचा स्थापना गर्नको लागि ० देखि ६ इन्चको १ तह, ६ देखि १२ इन्चको दोस्रो तह, १२ देखि २४ इन्चको तेस्रो तह र २४ देखि ३६ इन्च सम्मको चौथांै तह गरी नमुना संकलन गर्नु पर्छ ।
विधि
 माटो नमुना लिदा खेतको प्रकृतिका आधारमा लिने । जस्तै ः ठुलो क्षेत्रका लागि २०–२५ स्थानवाट र सानो क्षेत्रका लागि ८–९ स्थानवाट नमुना संकलन गर्नुपर्छ ।
 नमुना लिदां सबै भन्दा पहिला आफ्नो जग्गामा अंग्रेजी अक्षर ध्, ह्, श् तरिकाले रेखांकन गर्ने ।
 त्यसपछि नमुना काहाँ कहाँवाट लिने चिन्ह लगाई २ इन्च जति घाँस पात र मलिलो माटो हटाउने ।
 अनि त्यस चिन्ह लगाएको ठाउँमा अंग्रेजीको ख् आकारमा दुवै साइडवाट १ इन्चको तह र गहिराई आफुले लगाउने वालि अनुसार नमुना लिने ।
 यसरी नै जति ठाउँवाट माटोको नमुना लिने हो त्यस ठाउँको माटो झिकि एउटा सफा प्लास्टिकको वाल्टिनमा राखि जम्मा गर्ने ।
 त्यसपछि माटोको थुप्रो लगाई बाँडफाँड गर्दै १ केजी माटो नमुनाका लागि तयार गर्ने ।

माटोलाई बाँडफाँड कसरी गर्ने ?

 माटो संकलनवाट आएको माटोलाई कुनै सफा ठाउँमा फिँजाउने र पात पतिङ्गर झारहरु हटाउने, माटोको डल्लो फुटाउने, ढुङ्गाहरु हटाउने ।
 संकलन गरेको माटोवाट ४ भाग छुट्याउने र २ भाग फालिदिने र २ भाग पुनः मिसाउने ।
 मिसाएको २ भागलाई फेरी ४ भाग लगाएर २ भाग फ्यालिदिने र २ भाग मिसाउने गर्नु पर्छ र एक केजी नहुन्जेल यो प्रक्रिया दोहो¥याउने ।
 यसरी निकालेको नमुनालाई सफा झोलामा हाली आफ्नो विवरण सहित परीक्षणका लागि लानु पर्छ ।

झोलामा राख्नुपर्ने विवरण ः
क. कृषकको नाम ः
ख. कृषकको पुरा ठेगाना ः
ग. लगाएको वालि ः
घ. लगाउने वालि ः
ङ. सिचित ÷ असिचित ः
च. कृषि चुनको प्रयोग ः
छ. मल खादको प्रयोग ः
ज. माटोको समस्या ः
झ. माटो नमुना लिएको मिति ः
नमुना संकलन गर्दा अपनाउनु पर्ने सावधानी ः
 उक्त नमुनाले त्यस जमिनको पुर्ण प्रतिनिधित्व हुने गरी लिने ।
 नमुना वोट विरुवाको जरा नजिक, आलि नजिक तथा मलको थुप्रो नजिकवाट नलिने ।
 नमुना माटो कम्तीमा १ केजी हुनु पर्ने ।
 नमुनालाई घाममा नसुकाउने ।
 हिलो जमिन अथवा पानि जमेको जमिनवाट नमुना नलिने ।
 माटो नमुना पठाउदा सफा झोलामा राखेर पठाउने ।

Leave comment

dev