बिउ किने भिजाउने ? जानीराखौ बिउ भिजाई रोप्ने प्रविधिका फाइदाहरु

परिचय:

बाली पनि साना बच्चाबच्ची जस्तै हुन् | सुरुदेखि नै राम्रो वातावरण पाएमा बिउ राम्ररी उम्रन्छ, बढ्छ, बलियो हुन्छ साथै उत्पादन बृदि हुन्छ | यदि बिरुएवा ढिलो उम्रने, बिस्तारै बढ्ने हो भने स्वस्थ्य हुँदैन र टि बिरुवाहरूलाई रोग-किरा बढी लाग्छ | यस्तो बालीबाट राम्रो उत्पादनको आशा गर्न सकिंदैन | यिनै विभिन्न समस्याहरु केहि हदसम्म समाधान गर्न सकिने प्रविधिहरुमध्ये बिउ भिजाई रोप्ने प्रबिधि पनि एक हो | यस प्रबिधि निम्न फाइदाहरु छन् |

  • राम्रो बिउको छनोट

बिउ पानीमा भिजाईने हुँदा किराले खाएको, नौम्रिने र फोश्रो दाना पानीमको सतहमा तैरिने हुँदा उमार्शक्ति राम्रो भएको बिउ मात्र छनोट हुन्छ |

  • छिटो उम्रिने

बिउ छारेपछी उम्रिनको लागि बिउले जमिनबाट पानी लिनुपर्दछ | यदि माटोमा राम्रो चिस्यान छ भने पनि उम्रिनका लागि बिउ ढाडीन नै २-४ दिन लाग्दछ | तर यदि बिउ भिजाई रोप्ने हो भने यो समय घट्न गई छिटो र उमारशक्ति राम्रो भएका बिउहरु अन्य अवस्था/वातावरण सामान्य भएमा सबै उम्रिन्छां र छिटो बध्छां | सम्पूर्ण कथाको सुरुवात यहींबाट हुन्छ कि कस्तो बाली भित्र्याउने हो | अभिजाएको बिउको तुलनामा भिजाएको बिउ मकैको हकमा ३-५ दिन र मुसुरोको हकमा २-३ दिन चाडै उम्रिन्छ |

  • आवश्यक बोटसङ्ख्या कायम हुने

मध्य पहाडी भागमा बिभिन्न ठाउहरुमा गरिएको सर्वक्षणहरुले मकै भाच्ने समयमा बोट संख्या २५-३५ हजारसम्म मात्र क्रिशाखारुको खेत-बारीमा हुने देखाएको छन् | उत्पादनमा कमि आउने विभिन्न कारणहरुमध्ये यो एउटा मुख्य कारण हो | बिउ भिजाई लगाउँदा निश्चित छेत्रफलमा बिउको उमार समानुपातिक रुपमा हुन्छ | कहिँ बाक्लो कहिँ पातलो उम्रिने समस्या हुदैन | खासगरी अन्य बालीइको तुलनामा गांज, र हाँगा नहाल्ने भएको हुँदा पातलो उम्रिएमा उत्पादनमा निकै रास आउँछ | नाभिजाएको मकै बिउ चिस्यानमा परेका दाना उम्रिने र कम चिस्यानमा परेका दाना बल्लबल्ल पहिलो गोडाइको आसपासमामात्र उम्रिने हुँदा ढिलो उमार भएको बोटले उत्पादन कम दिने वा थारो रहने सम्भावना पनि बढी नै रहन्छ |

  • बिउको उपयोग राम्ररी हुने

रोपेको बिउ सबैजसो उम्रिने भएकाले यसको सदुपयोग राम्ररी हुन्छ |

  • दोहोर्याई बिउ छार्नुपरने सम्भावना कम

राम्रो बिउ त्यसमा पनि भिजाई रोप्दा समानुपातिक हिसाबले सबै ठाउमा उम्रिने भएकाले पुनः बिउ रोप्नुपर्ने वा बिरुवा सार्नुपर्ने (खासगरी मकैको लागी) समस्या कम हुन्छ | यसले गर्दा बिउ तथा श्रमशक्तिको बचत हुन्छ | मकैमा सारेको बोट थारो रहने वा घोगा लाएपानी सानो हाल्ने वा थोतो रहने राय क्रिशाखारुको रहेको छ |

  • बोट छीटो बढ्ने

नाभिजाएको बीउबाट उम्रिएको बिरुवाको तुलनामा भिजाएको बीउबाट उम्रिएको बिरुवा छिटो बढ्दछ | बिरुवाको लागि राम्रो वातावरण हुदैमा छिटो उम्रीई जरा पनि छिटो बढ्ने भएकाले यस्तो हुन गएको हो | साथै सुरुमा नै जराको बिकास छिटो हुने भएकोले नाभिजाई उम्रिएको बिरुवाको तुकनामा यसले केहि हदसम्म खडेरी सहन सक्दछ |

  • झारपात नियन्त्रण सजिलो

बिउ छिटो र समानुपातिक रुपमा उम्रिने र बढ्ने भएकाले झारसंग सजिलैसित प्रतिस्पर्धा गर्दछ | झार कम हुने हुँदा गोड्ने श्रमशक्ति पनि केहि हदसम्म बचत हुन्छ |

  • छिटो फुल फुल्ने र पाक्ने

नभिजाएको बिउको तुलनामा भिजाएको बीउबाट उम्रिएको मकैका बोटमा ३-५ दिन अगावै जुँगा चार निस्कने हुँदा ७-१० दिन अगावै पाक्दछ | यसले गरा धान लगाउने खेतमा ठिक समयमा धान लगाउन सकिन्छ भने तरकारी लगाउने ठाउँमा जमिन छान्दै तयार गरि ७-१० दिन अगावै तरकारी उत्पादन गर्न सकिन्छ |त्यस्तै बादर तथा अन्य बन्यजन्तुले दुख दी रखबारी गर्नुपर्ने ठाउमा ७-१० दिन अगावै बाली पाक्नाले लागत खर्च बचत हुन जान्छ | साथै उक्त समयमा अन्यत्र कुनै काम गर्नाले अतिरिक्त आय आर्जन गर्न सकिन्छ |

  • उत्पादन बृदि

खासगरी उमार राम्रो भाई प्रति एकाई जमिनमा आवश्यक बोट संख्या कायम रहने, एकै समयमा उमार हुने, झार कम मात्रामा आउनाले तथा बिरुवाहरुका बीच आवश्यक तत्वोहरुका लागि प्रतिस्पर्धा बराबर मात्रामा हुने भएकाले मकै र मुसुरोमा उत्पादनमा बृद्दी हुन्छ |

  • लगाउन सजिलो

भिजाएको बिउ लागौना भन्दा पहिले शितलमा राखी बिउको सतह सुख्खा भएपछी लगाउदा सजिलो हुने क्रिशाखारुको धारणा छ |

  • कृषि सामाग्रीको उचित सदुपयोग

उमार राम्रो भई बालीको बोटसंख्या चाहिनेमात्रामा भएकामा कारण प्रयोग गरिएका मल, बिउ, तस्था अन्य लगानीको सदुपयोग भई उत्पादनमा बृद्दी हुन्छ | फलस्वरूप उत्पादन लागत घटना गई मुनाफाको हिस्सा बढ्दछ |

  • खाद्य सुरक्षामा बृदि

उत्पादनमा बृद्दी हुने हुँदा स्वत: नै खाद्य सुरक्षामा बृद्दी हुन जान्छ |  

                            

Leave comment

dev